ल्याण्ड गर्दै गरेको जेट एयरको विमानमा आगो देखियो

सोमबार, पौष १४, २०७१ साल,
काठमाडौं- भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेयजको जहाजमा चरा ठोक्किएको छ। बिहान ११:२० मा अवरतण गर्नुपर्ने जेटको उक्त जहाजमा अवतरणको क्रममा चरा ठोक्किएको विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार मुम्बईबाट आएको जेटको १६८ सिट क्षमताको बोइङ बी७३७–८०० जहाजको बाँया पखेटामा रहेको इन्जिनमा चरा ठक्किएको हो।

जहाजको इन्जिनमा समान्य क्षति पुगेको छ। सबै यात्रु सकुसल छन्, ती अधिकारीले भने, जहाजलाई जेटकै इन्जिनियरहरुले मर्मत गरिरहेका छन्। मर्मतपछि जहाज मुम्बई फर्कक्छ।

उनका अनुसार यो जहाज ११:२० मा अवरणत गर्नुपर्ने तालिका भए पनि मुम्बईबाट नै ढिलो उडेको थियो। जहाज १२:१५ बजे विमानस्थलमा अवतरण गरेको थियो।

जेट एयरवेजले मुम्बइ–काठमाडौंको रुटमा सन् २००९ डिसेम्बरदेखि उडान गर्दै आएको छ। यो सेक्टरमा जेटले सोमबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार उडान गर्ने गर्छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411