​खसीको भन्दै बाख्राको मासु बेच्दै

शुक्रबार, आषाढ २५, २०७२ साल,
जनकपुरधाम ।  जनकपुर नगरक्षेत्रमा मासु व्यावसायीहरुले खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको खुलेको छ । जिल्ला पशुसेवा कार्यालयले गरेको अनुगमनका क्रममा ५० प्रतिशत बाख्राको मासु बिक्री हुने गरेको भेटिएको हो ।

जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार यहाँका मासु बिक्रेताले खसी भन्दै ५० प्रतिशत बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ ।

खसीको मासु भनेर बाख्राको मासु बिक्री भइरहेको गुनासो आउन थालेपछि शुक्रुबार बिहान जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा शम्भू साहको नेतृत्वको टोलीले नगरक्षेत्रका मासु पसलमा अनुगमन गर्दा दुईवटा पसलमा बाख्राको मासु बिक्री गरेको फेला पारेको छ ।

जनकपुर उपमहानगरपालिका–१ मा रहेको सुलेमान धोवी र सद्दाम दर्जीको मासु पसलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको फेला पारेको थियो ।

अनुगमन टोलीले दुवै पसलबाट करिब २० हजार मूल्य बराबरको बाख्राको मासु नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जनकपुर उपमहानगरपालिकाभित्र रहेको माछा बजार, पिराडी चोक, स्टेसन रोड र मिल्स एरिया क्षेत्रका करिब १५ वटा मासु पसलमा अनुगमन गर्दा तीमध्ये दुईवटा पसलमा बाख्राको मासु बिक्री गरेको फेला परेको पशु स्वास्थ्य प्राविधिक चन्देश्वर पाण्डेले बताए।

जिल्ला पशु कार्यालयले गरेको अनुगमनलाई नगरवासीले सकारात्मकरुपमा लिएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411