​रुसले कोकाकोला र पेप्सीमाथि प्रतिबन्ध लगाउने

बुद्धबार, आषाढ १६, २०७२ साल,
मस्को, एजेन्सी । रुसको पार्टी अफ पेन्सनर्सका प्रमुखले कोकाकोला र पेप्सीलाई रुसमा प्रतिबन्ध लगाउने बताएका छन् । अमेरिकामा रुस बिरोधी राजनीतिज्ञलाई सहयोग गर्न यी कम्पनीले भूमिका निभाएकाले यसमाथि रुसमा प्रतिबन्ध लगाइन लागिएको हो ।

यो प्रतिबन्धले स्वदेशी हलुका पेय पदार्थको उत्पादन हुने दावी पनि उनको छ । राष्ट्रपति र सरकारले ल्याएको प्रतिकारात्मक नाकाबन्दीलाई सहयोग गर्न यो प्रतिबन्ध लगाउन लागिएको हो । प्रतिबन्ध आयात र उत्पादन दुवैमाथि लाग्ने छ । यी दुई कम्पनीहरु अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको प्रायोजकका रुपमा रहदै आएका छन् ।

रुसमाथि लागेको लामो नाकाबन्दीको बदला स्वरुप पनि यो प्रतिबन्ध लगाउन लागिएको इगोर जोटोमले बताएका छन् । स्टेट डुमामा फेयर रसिया पार्टीको प्रतिनिधित्व गरेका उनले अमेरिकी कम्पनीका यी उत्पादनहरुले मानव स्वास्थ्यमा हानि पुर्याउने भएकाले पनि यसमा प्रतिबन्ध लगाउनु आवश्यक भएको उनले बताए ।

रुसमा बिक्री हुने कोक र पेप्सी रुसकै पानी र चिनीले बनेको तर यसको फ्लेभर गोप्य सामग्रीबाट बनेको र यसको आयात हुदै आएको युनियन अफ सफ्ट ड्रिंकका प्रमुख दिमित्री पेत्रोभले बताए । कोक र पेप्सीमा प्रतिबन्ध लागेपछि रुसी बजारमा हलुका पेय पदार्थको अभाव हुने पेत्रोभले बताएका छन् ।

यी दुई पेय पदार्थले रुसको हलुका पेय पदार्थको बिक्रीमा ४० प्रतिशतको हिस्सा ओगट्दै आएका छन् । प्रतिबन्धले कर आम्दानीमा गिरावट आउने र बेरोजगारी पनि बढाउने विश्लेषकहरुले बताएका छन् । रसियन व्यापारिक डाटाबेस स्पार्कका अनुसार कोकाकोलाले रुसी शाखाबाट मात्रै २०१३ मा ६७ अर्ब रुबलको आम्दानी गरेको छ । कम्पनीले ४० करोड ४० लाख रुबल आम्दानी कर बापत तिरेको छ ।

अर्को पेय कम्पनी पेप्सिकोको रुसी शाखाले पनि ८० अर्ब रुबलको आम्दानी गर्दै आएको छ । कोकाकोलाले रुसमा ११ हजारलाई रोजगारी दिँदै आएको छ भने पेप्सिकोले २३ हजारलाई रोजगारी दिँदै आएको छ । रुसी बजारमा पेप्सी कोकाकोला भन्दा धेरै चाडो अर्थात् १९७१ मा प्रवेश गरेको थियो । सुरुका समयमा रुसमा यो पेय पदार्थ दुर्लभै उपलव्ध हुने गरेको थियो । तर १९८० को मस्को ओलम्पिकको अगाडि यसको लोकप्रियता बढेको थियो ।

रुसमा कम्युनिजमको अन्त्य भएपछि पेप्सीकोले ‘जेनेरेसन पेप्सी’ को विज्ञापन सहित रुसमा आफ्नो बजार विस्तार गरेको थियो । यो पेय पदार्थ युवामाझ बढी लोकिप्रिय हुदै गएको छ । कोकाकोलाले भने १९८० को ओलम्पिक पछि मात्रै रुसी बजारमा प्रवेश गरेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411