​सुनको भाउ तीन सय घट्यो

मंगलवार, आषाढ १५, २०७२ साल,
काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ भने तेजाबी सुन ५१ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411