५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

आईतवार, आषाढ १३, २०७२ साल,
एजेन्सी । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले एकैपटक ५७ अर्ब अमेरिकी डलर (५७ खर्ब रुपैयाँ) बराबरको जहाज खरिद अर्डर प्राप्त गरेको छ। यति परिमाणको रकमबाट एयरबसले ४ सय २१ थान जहाज निर्माण गर्नुपर्ने छ।

फ्रान्सको पेरिसमा हालै आयोजित ‘एयर सोु मा एयरबसले उक्त पमिाणबराबरको अर्डर पाएको हो। तीमध्ये १ सय २४ थान फर्म अर्डर रहेका छन् जसका लागि कम्पनीले १६ अर्ब ३० करोड डलर प्राप्त गर्ने छ। त्यसैगरी विभिन्न कम्पनीबाट ४० अर्ब ७० करोड डलरबराबरको २ सय ९७ जहाज खरिद प्रतिबद्धता पनि प्राप्त गरेको छ। 

एयरबसका अनुसार ए३२०सिइओ सिरिजका ३६ थान, ए३२१सिइओ ७, एसिजे३१९एनइओ १, ए३२०एनइओ १ सय ८२, ए३२१एनइओ १ सय ४०, ए३३० सिरिज २४ र ए३५०एक्सडब्लुबी ३१ थान रहेका छन्। 

साउदी अरबको साउदी अरेबियन एयरलाइन्सले नयाँ ए३३० रिजनल सिरिजका २० थान जहाज आइएएफसीबाट भाडामा लिने घोषणा गरेपछि क्षेत्रीय हवाई बजारमा यो सिरिजको जहाज लिने साउदी सबैभन्दा नयाँ वायुसेवा बनेको छ। यस्ता जहाजले बढ्दो आन्तरिक र अन्तर्राष्ट्रिय उड्डयन बजारमा अधिकतम कम लागतमा उडान गर्ने एयरबसको भनाइ छ। 

त्यस्तै ए३५०एक्सडब्लुबी सिरिजका जहाजले पनि वायुसेवा कम्पनीलाई आकर्षित गरिरहेको छ। एयर सोमा ए३५०–९०० सिरिजका ३१ थान जहाज खरिद प्रतिबद्धता आएको थियो। यस्तो जहाज सबैभन्दा आधुनिक वाइड बडी ९ठूलो आकारको० जहाज हो। 

एयरबसको सबैभन्दा आधुनिक, आरामदायी, दक्ष र विश्वासिलो श्रेणीका यस्ता वाइड बडी जहाजका लागि १५ अर्ब ६० करोड डलरबराबरका ५५ थान खरिद अर्डर भएका थिए। तीमध्ये ए३५०–९०० सिरिजका ३१ थान, ए३३० रिजनल सिरिजका २० थान र ए३३०–३०० सिरिजका चार थान रहेका छन्। 

त्यसैगरी सिंगल एस्लेतर्फ बजार अगुवाई गरिरहेको ए३२० सिरिजका जहाजका लागि सबैभन्दा बढी अर्डर प्राप्त भएको एयरबसले जनाएको छ। कम्पनीका अनुसार यो सिरिजका ३ सय ६६ थान अर्डर भएका छन् जसको मूल्य ४१ अर्ब ४० करोड डलरबराबर रहेको छ। तीमध्ये १ सय ३ थान फर्म अर्डर र २ सय ६३ थान प्रतिबद्धता अर्डर छन्। 

तीमध्ये ३ सय २३ थान ए३२०एनइओ सिरिजका छन्। सन् २०१० डिसेम्बरमा पहिलो पटक सार्वजनिक गरिएको यो सिरिजको जहाज हालसम्म ४ हजार थान उत्पादन भइसकेका छन्। 

‘आगामी २० वर्षभित्र ३२ हजार ६ सय थान नयाँ जहाज आवश्यक पर्ने हाम्रो पछिल्लो प्रक्षेपण सही साबित भएको छ,ु एयरबसका प्रमुख सञ्चालन अधिकृत ९कस्टोमर० जोन लिहीले भने, ‘यसमा एसिया सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको छ। हामीले सिंगल एस्लेमा अगुवाई गरिरहेका छौं र ए३२१एनइओ सिरिजका जहाज बजारको छनोट हो।

एयरबसले १ सयदेखि ५ सय सिटसम्मका जहाज उत्पादन गर्ने संसारकै प्रमुख वायुसेवा कम्पनी हो। एयरबसका जहाज डिजाइन र उत्पादन फ्रान्स, जर्मनी, बेलायत र स्पेनमा हुने गरेका छन्। यसका सहायक कम्पनी अमेरिका, चीन, भातर, जापान र मध्यपूर्वमा छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411