४० वर्ष टिक्ने बाँसको घरको मूल्य साढे तीन लाख रुपैयाँ, भूकम्प र आगो प्रतिरोधी

मंगलवार, आषाढ ८, २०७२ साल,
काठमाडौं । भूकम्पपछि बजारमा के कस्ता घर निर्माण गर्ने  भन्ने चर्चा बाहिर आइरहँदा ‘हिमालय बेम्बो प्रालि’ले करिब पाँच लाखमै ४० वर्ष टिक्न सक्ने बासको घर निर्माण गर्न सकिने जनाएको छ । सामान्यत ३ सय ६० वर्गफिटमा दुईवटा बेडरुम, एउटा किचेन, एउटा शौचालय  र बरन्डा  बनाउन सकिने सस्थाका प्रमुख कुशकुमार जोशीले बताए ।
 
ग्रामिण भेगलाई लक्षित गरि अझै कम लागतमा र शहरी क्षेत्रमा एक करोड सम्मको आधुनिक घर बनाउन सकिने उनले बताए ।

यस प्रकारको घर बनाउँदा स्थानीय स्तरमा उपलब्ध हुने बाँसको सदुपयोग गरेर  सहज तरिकाले घर निर्माण हुने उनको भनाई छ । यस्ता घर निर्माण गर्दा स्थानीय युवाहरुलाई रोजगारी समेत मिल्ने जोशीको दावी छ  ।
 
यसरी बाँसको प्रयोग गरेर बनाइएको घरको लागत प्रति वर्गफिट एक हजारदेखि १६ सय रुपैयाँसम्म लाग्ने अन्तराष्ट्रिय प्राविधिक विशेषज्ञ डा श्याम कृष्ण पौडेलले जानकारी दिए । उनले भने ‘यसरी कम लागतमा बन्ने घरको भित्ताहरुमा जुनसुकै बाँसको प्रयोग गर्न सकिन्छ र त्यसमाथि माटो लेपन वा सिमेन्ट प्लास्टर पनि गर्न सकिन्छ।’
 
अन्य ठाउँमा भने बाँसलाई केमिकल ट्रिटमेन्ट गरेर प्रयोग गर्न सकिन्छ भने जगमा सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर जग बलियो बनाउनुपर्छ। कम्पनीले १३ वर्षअघिदेखि २ सय यस्ता घरहरु निर्माण गरिसकेको छ। नेपालमा पाइने ५० प्रजातिका बाँसमध्ये माल बासलाई यस खालको घर निर्माण गर्नको लागि बढि प्रयोग हुने पौडेलको भनाई छ । सामान्यत एउटा घर निर्माणको लागि एक सय ५० वटा बासको प्रयोग  हुने पौडेलले जानकारी दिए । 
 
साथै यसरी निर्माण भएका घरमा अहिले सम्म कुनै कमजोरी नदेखिएको कम्पनीको दावी छ कम्पनीले जानकारी दिएअनुसार यसरी बनाईएको घर पुर्ण रुपमा भूकम्प प्रतिरोधात्मक हुन्छ । 

यस्ता घरहरु वातवरण मैत्री हुनुका साथै निर्माण अवधि  समेत कम लाग्छ। ७ जनाले १५ दिन मानै यो घर बनाउन सकिने कम्पनीको भनाई छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411