​भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने

मंगलवार, आषाढ ८, २०७२ साल,
तुलसीपुर । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार घोराहीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा हाम्रो साझ दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेले भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने बताए ।
उहाँले सूचना नलुकाउन र सार्वजनिक महत्वको सूचना आम जनताले थाहा पाउने, मागेका बेला सूचना दिन उपस्थित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले कुनै पनि सरकारी कार्यालय वा सार्वजनिक निकायमा काम गराइदिन्छु भनेर सेवाग्राहीसँग अतिरिक्त रकम असुल गर्ने जो कोहीलाई आफूले नछाड्ने बताए । उनले जिल्ला प्रशासन कार्यालयमा काम गराइदिने भन्ने बहानामा आउने बिचौलियालाई ठेगान लगाइसकेको अझै मालपोत, नापी, यातायात कार्यालयमा बिचौलियाको बिगबिगी रहेको भन्ने सूचना आएको र चाँडै नै तिनीहरूलाई पनि तह लगाउने बताए ।

उनले जिल्लाका सम्पूर्ण कार्यालयमा असार २२ गतेभित्र नागरिकले देख्न सक्नेगरी नागरिक वा पत्र राख्न पनि निर्देशन दिए ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधिले राजनीतिक भ्रष्टाचार नियन्त्रण भएपछि मात्र सुशासन कायम हुने भन्दै स्थानीय निकायको चुनाव नहुँदा र आदेशका भरमा काम गर्नुपर्ने बाध्यताले पनि भ्रष्टाचारलाई बढवा दिने गरेको बताएका थिए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411