​मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

मंगलवार, आषाढ ८, २०७२ साल,
काठमाडौं । मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको भारतको कोलकातामा निधन भएको छ । ८१ वर्षको उमेरमा निर्मलाको मंगलबार विहान निधन भएको हो ।

सिस्टर निर्मलाको निधनप्रति प्रधानमन्त्री सुशील कोइरालाले दुःख ब्यक्त गरेका छन् । विश्वले एक महान मानवतावादी समाजवेवी गुमाएको भन्दै प्रधानमन्त्री कोइरालाले ट्वीटरमार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाको  सन् १९९७ मा निधन भएपछि सिस्टर निर्मला अर्थात निर्मला जोशी सन् २००९ सम्म परोपकारी संस्था मिसिनरिज अफ च्यारिटीको प्रमुख भएकी थिइन् ।

सिस्टर निर्मलाको जन्म सन् १९३४ जुलाई २३ मा स्याङ्जामा भएको हो ।  भारतीय सेनामा रहेका बाबु महानन्द जोशीसँगै भारत गएर १७ वर्षका उमेरदेखि निर्मलाले मदर टेरेसाको परोपकारी संस्थामा काम गर्न थालेकी थिइन् । सिस्टर निर्मलाको मध्यराती १२ बजेर ५ मिनेटमा निधन भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411