​विज्ञापन संघको पश्चिमाञ्चल समिति गठन, संयोजकमा हुमागाईं

सोमबार, आषाढ ७, २०७२ साल,
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को पश्चिमाञ्चल समिति गठन भएको छ । विज्ञापन व्यवसायीहरुको राष्ट्रिय छाता संगठन आनको नवगठित पश्चिमाञ्चल समितिको संयोजकमा पोखराका मिडिया व्यवसायी दुर्गा प्रसाद हुमागाईं चयन भएका छन् ।

संयोजक हुमागाईं सफल मिडिया हाउस तथा सफल बिज लिंक पोखराका अध्यक्ष एवम् कार्यकारी निर्देशक हुन् ।
 
समितिको अन्य सदस्यमा स्नेहा मिडिया सप्लायर्सका माधव प्रसाद बराल, परिचय एड्भरटाइजिङ्का शोभित बस्याल, नेपाल एड्भरटाइजिङ् एजेन्सीका रिजन नेपाल छन् । 
 
त्यस्तै समितिको सल्लाहकारमा गंगाधर पराजुली, रमेश पौडेल, रविन्द्र बाँस्तोला, भोला श्रेष्ठ, शिरोमणी बराल, बिमला भण्डारी र सञ्जय मल्ल छन् । 
 
पश्चिमाञ्चल क्षेत्रका अन्य एजेन्सीलाई पनि समेटेर यो समितिलाई छिट्टै पश्चिमाञ्चल शाखाका रुपमा विस्तार गरिने जनाईएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411