पूर्व राजा ज्ञानेन्द्रकी छोरीले दाइजोमा पाएको जग्गा उनैलाई दिनूः सर्वोच्च

आईतवार, आषाढ ६, २०७२ साल,
prerana-shah.jpgकाठमाडौं । सरकारले पूर्वराजा विरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। त्यो जग्गा पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहको नामको भएको भन्दै सर्वोच्चले सरकारी निर्णय बदर गरिदिएको हो। उनको नाममा भएको जग्गा उनैलाई दिन पनि सर्वोच्चले भनेको छ।
 
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्य लक्ष्मीको त्यो जग्गा आफूले दाइजोमा पाएको दाबीसहित गत माघमा सरकारी निर्णय विरुद्ध रिट दिएकी थिइन्। 
 
२०६४ साल पुस १ मा सरकारले उक्त जग्गा नेपाल ट्रष्टको मातहतमा लिने निर्णय गरेको थियो। भने गत माघमा २५ मा प्रेरणा सर्वोच्च गएकी थिइन्।
 
प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणाको आइतबारको इजलासले प्रेरणाको रिटमा फैसला गर्दै उक्त जग्गा नेपाल ट्रष्टले लिन नपाउने भनेको हो। 
 
‘अब राजदरबारको २०६२ जेठ १को पत्र र२०६३ असार १९को पत्र बमोजिम दावि कित्ता २५ को घरजग्गा सम्बन्धमा निज प्रेरणा राज्यलक्ष्मी सिंहको नाममा रहेको घर जग्गा प्रचलित कानुन अनुसार कायम गर्नु गराउनु भनि परमादेश जागरी गरिदिएको छ,’ फैसलामा भनिएको छ।
 
उक्त जग्गा आफुले २०६२ सालमा दाईजो पाएकोले आफ्नो भएको जिकिरसहित पूर्वराजा विरेन्द्रको भनेर ट्रष्टमा राख्न नपाउने गरि आदेश दिन माग गरेकी थिइन्। 
 
सरकारले राजतन्त्र हटेपछि दरबार र राजा विरेन्द्रका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो। 
 
सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएको भन्दै आफ्नो सम्पत्ति नेपाल ट्रष्टमा राख्ने अधिकार सरकारलाई नभएको रिटमा उल्लेख गरेकी थिइन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411