देश बाहिरीने भन्दा भित्रिने रकम १ खर्ब धेरै

आईतवार, आषाढ ६, २०७२ साल,
काठमाडौं । भूकम्प गएको महिना बैशाखमा देशबाट बाहिरीनेभन्दा देश भित्रिने रकम (भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति) १ खर्ब १ अर्ब १५ करोड रुपैयाँले धेरै छ । अघिल्लो वर्षको बैशाखमा यस्तो रकम १ खर्ब १५ अर्ब २६ करोड रुपैयाँ थियो ।

बैशाख महिनामा चालू खाता ७१ अर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ७८ अर्ब ३ करोड रुपैयाँले बचतमा थियो ।

त्यस्तै, बैशाखमा अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब ५५ लाख डलर रहेको छ भने चालू खाता बचत ७० करोड ५१ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ अर्ब १६ करोड डलर र चालू खाता बचत ७८ करोड ७५ लाख डलर थियो ।

एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा २८.१ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १०.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ३६ अर्ब ६६ करोड पुगेको छ । समीक्षा अवधिमा खुद सेवा खाता रु २० अर्ब ५७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता रु १७ अर्ब ३९ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको सोही अवधिको ३२.२ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई ५ खर्ब ६१ अर्ब ७७ करोड रहेको छ । ट्रान्सफर अन्तर्गत विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको २९.७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १०.० प्रतिशतले बढी ४ खर्ब ८९ अर्ब ७ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको १४।३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ९३ करोड डलर पुगेको छ । मासिक रुपमा हेर्दा विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा १३.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा वित्तीय खाता अन्तर्गत ३ अर्ब १५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411