​मूल्यवृद्धिले जनताको ढाड सेकिइरहेका बेला ७.१ प्रतिशतमात्रै रहेको सरकारी दाबी

शुक्रबार, आषाढ ४, २०७२ साल,
Market-arthadainikकाठमाडौं । मूल्यवृद्धिले जनताको ढाड सेकिइरहेका बेला सरकारी निकायले भने मूल्यवृद्धि नियन्त्रणमै रहेको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकले गत बैशाख महिनामा ७.१ प्रतिशत मात्रै मूल्यवृद्धि भएको तथ्यांक शुक्रबार सार्वजानिक गरेको छ । अघिल्लो आर्थिक वर्षको यही महिनामा ९.७ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

यो बैशाखमा वाषिर्क विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ८.९ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मूल्य ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमशः १२.९ प्रतिशत र ७.० प्रतिशतले वृद्धि भएको थियो ।

यो बैशाखमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उप(समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको बैशाखमा यस उप(समूहको मूल्य सूचकाङ्कमा २५.३ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा दाल तथा गेडागुडी उप-समूह र मदिराजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः २४.५ प्रतिशत र २१.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ६.६ प्रतिशत र २२.५ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा दुग्ध पदार्थ तथा अण्डा उप-समूह र फलफूल उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः १३.४ प्रतिशत र १३.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.९ प्रतिशत र १५.८ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो वर्षको वैशाख महिनामा ३१.६ प्रतिशतले बढेको तरकारी उप.समूहको मूल्य सूचकाङ्क समीक्षा अवधिमा ५.८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा गैर(खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता-कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकाङ्क सबैभन्दा बढी अर्थात् १२.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ११.० प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा फर्निसिङ्ग तथा घरायसी उपकरण उप(समूह र अन्य वस्तु तथा सेवा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः १०.० प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप=समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.२ प्रतिशत र ७.१ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा मनोरञ्जन तथा संस्कृति उप-समूह र शिक्षा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.८ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित उप(समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ७.९ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाड क्षेत्रको मूल्य सूचकाङ्कमा ७.७ प्रतिशतले वृद्धि भएको छ भने तराई र काठमाडू उपत्यका क्षेत्रहरुको मूल्य सूचकाङ्कमा क्रमशः ६.९ प्रतिशत र ६.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य सूचकाङ्कहरुको वृद्धिदर पहाडमा ८.६ प्रतिशत, तराईमा १०.४ प्रतिशत र काठमाडौं उपत्यकामा ९.९ प्रतिशत रहेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411