​घट्यो मध्यपहाडी लोकमार्गको भाडा

शुक्रबार, आषाढ ४, २०७२ साल,
वागलुङ । मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ । भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा गर्न पाउने भएका छन् । 
 
यातायात भाडा निर्धारण समितिको बिहीबार बसेको बैठकले मध्य पहाडी लोकमार्गअन्तर्गत बागलुङ सदरमुकामदेखि बुर्तिवाङसम्म गुड्ने साना ठूला दुवै सवारीसाधनमा असार ७ गतेदेखि लागू हुनेगरी भाडादर कटौती गरेको भाडा निर्धारण समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले बताए। बैठकले सो सडकखण्डमा गुड्ने साना सवारीसाधन जिपमा प्रतिकिमी सात रुपैयाँ ५० पैसा र ठूला सवारीसाधन बसमा प्रतिकिमी ६ रुपैयाँ ५० पैसा भाडा कायम गरेको उनले बताए।  
 
यसअघि यस सडकखण्डमा जिपले प्रतिकिमी आठ रुपैयाँ ५० पैसा र बसले प्रतिकिमी सात रुपैयाँ ५० पैसा भाडा लिँदै आएकामा अहिले पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, सडकको स्तर वृद्धिले गर्दा समय अनुकूल भाडा निर्धारण गरेको उनले बताए । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411