पूर्वका चार जुट उद्योग बन्द हुदा एक अर्ब रुपैया लगानी डुब्यो, १२ हजार मजदूर बेरोजगार

शुक्रबार, आषाढ ४, २०७२ साल,
विराटनगर । पूर्वका चारवटा जुट उद्योग बन्द हुदा एक अर्बभन्दा बढीको लगानी डुब्नुका साथै झन्डै १२ हजार मजदुर बेरोजगार भएका छन् । लोडसेडिङ, कच्चापदार्थ र बजारको अभावका कारण्ँ जुट उद्योग बन्द गर्नु परेको सचालकको भनाई छ 

 विराटनगर, पाथिभरा, सिएन र निकी जुट मिल बन्द हुदा ती सङख्याका मजदुर बेरोजगार भएको जुट उद्योग सञ्चालकहरुले बताएका छन् ।

नेपालका ११ जुट उद्योगमध्ये चारवटा जुट उद्योग बन्द भइसकेका छन् । बाकी आठवटा जुट उद्योग जेनतेन सञ्चालन भइरहेका छन् । चलेका आठवटाले उद्योगले समेत क्षमताअनुसारको कच्चापदार्थ नपाएको नेपाल जुट उद्योग सङघको भनाइ छ ।

सङघका अनुसार हाल सुनसरी र मोरङमा सञ्चालित आठ जुट मिलमध्ये दुईवटाले मुस्किलले ५० प्रतिशत उत्पादन गरिरहेका छन् भने बाँकीले क्षमताको ३० देखि ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । 

सञ्चालन भइरहेका उद्योग पनि धरासायी अवस्थामा पुगेको सङघका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ । 
जुट उद्योगी तथा जुट उद्योग सङघका उपाध्यक्ष प्रकाश मुन्दडाले नेपाली जुटले मुस्किलले ३० प्रतिशत माग धानेको बताए । बाँकी कच्चा जुट भने भारत र बङगलादेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।

जुट मिलहरुले उत्पादन गरेका बोरा, झोला, कार्पेटलगायतका सामान नेपालमा खपत भइनसक्ने हुनाले तयारी सामानको मुख्य बजारसमेत भारत र बङगलादेश निर्यात गरिने गरिएको थियो । तर त्यहाको सरकारले जुट उद्योगलाई प्रोत्साहन गरेका कारणे स्थानीय उत्पादन बढेपछि तयारी सामानको निर्यात घटेको जुट उद्योगीको भनाइ छ ।

धमाधम उद्योगहरु बन्द हुन थालेपछि रोजगारीका अवसर पनि गुम्दै गएको छ । दुई बर्षअघिसम्म पूर्वका जुट उद्योगहरुले २२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए । तर हाल भने करिब १० हजारले मात्र काम पाएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411