​असारमा सुन बजार प्रभावित हुने

बिहीवार, आषाढ ३, २०७२ साल,
काठमाडौं । सुन कारोबार त्यति नहुने असार महिना यो वर्ष झनै प्रभावित हुने सुन ब्यवसायीहरुको अनुमान छ । अरु वर्षहरुमा पनि वर्षा, रोपाँइ र लगन कम हुने भएकोले त्यति उत्साहजनक नहुने असार महिना यो वर्ष झन भूकम्पका कारण भएको क्षति, त्रास र मलमास महिना पनि भएकोले व्यापार नहुने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यको अनुमान छ ।  
पहिलेको वर्षहरुमा असार महिनामा दैनिक १० देखि १५ किलोसम्म सुनको कारोबार हुने गरेको शाक्यले बताउनुभयो । विशेष गरेर बैशाख र जेठ महिना व्यापारको दृष्टिकोणले राम्रो महिना भए पनि शक्तिशाली भूकम्पका कारण यसपाली बैशाख र जेठ महिनामा व्यापार नभएको नेपाल सुन चाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताउनु भयो । पहिलेका वर्ष सिजनमा दैनिक ४० किलोको हाराहारीमा कारोबार हुन गरेकोमा जेठ महिनामा व्यापार १० प्रतिशत जति मात्र भएको महर्जनको भनाइ छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411