​भूकम्पले तीन सय खानेपानी आयोजनामा क्षति

मंगलवार, आषाढ १, २०७२ साल,
नुवाकोट । महाभूकम्पले नुवाकोटका तीन सय खानेपानी आयोजनामा क्षति पुगेपछि सर्वसाधारण खोला तथा कुवाको पानी पिउन बाध्य भएका छन्।
 
भूकम्पले विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटका सबै क्षेत्रका आयोजनामा क्षति पुस्याएको खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ।
 
कार्यालयका इन्जिनियर विश्वजित कायस्थले आइतबारसम्म प्राप्त जानकारीअनुसार साना तथा ठूला गरी तीन सय आयोजनामा क्षति पुर्‍याएको जानकारी दिए। 
 
आयोजनामा पुगेको क्षति झन्डै २० करोड रुपैयाँको भएको अनुमान गरिएको कार्यालयका प्राविधिक पदमसिंह धामीले जानकारी दिए। उनका अनुसार क्षतिग्रस्त आयोजनाको संरचना पूर्ववत् अवस्थामा ल्याउन दुई वर्ष लाग्छ।
 
भूकम्पले ठूला आयोजना ड्वाचे, विदुर, नलगाउँ, मनकामना, मदानपुर, कुमरीलगायतमा क्षति पुस्याएको छ। यी आयोजनाको पाइपलाइन, इन्टेक र ट्यांकीमा क्षति पुगेको छ। 
 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत नुवाकोटमा आठ सय आयोजना सञ्चालनमा छन्। ती आयोजनाबाट दुई लाख ५० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित थिए।
 
क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनर्निर्माणका लागि खानेपानी विभागमा लिखित जानकारी गराइसकिएको कार्यालयले जनाएको छ। खानेपानी आयोजनामा क्षति पुगेपछि एक लाख २५ हजार जनसंख्या प्रभावित भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411