​विश्व बैंकले भन्यो-पुनर्निर्माणको प्रष्ट योजना हुनुपर्छ, नेपालीलाई गरिबीबाट जोगाउन दीर्घकालीन सहयोग आवश्यक

मंगलवार, आषाढ १, २०७२ साल,
काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्रलाई भूकम्प अघिको स्थितिमा पुर्‍याउन र थप नेपालीलाई गरिबीको दुष्चक्रमा फस्नबाट जोगाउन दीर्घकालीन सहयोग अपरिहार्य भएको बताएको छ ।

यही असार १० गते हुन लागेको दातृ सम्मेलनबाट नेपाललाई दीर्घकालीन सहायता र भारी रकम उपलब्ध गराउनु पर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले मंगलबार वक्तव्य निकालेर नेपालको अर्थतन्त्रलाई पूर्ववत अवस्थामा फर्काउन अन्तरार्ष्ट्रिय जगतबाट ठूलो सहयोग हुनुपर्ने आवश्यकता औँल्याएको हो ।

‘भूकम्पले नेपालको अर्थतन्त्रमा ठूलो क्षति भएको छ, गरिबीबाट पार पाउन नेपालले हासिल गरेको प्रभावकारी उपलब्धि जोगाउने चुनौतीको निर्णायक ढंगले सम्बोधन गर्नुपर्छ,’ दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष एन्नेट डिक्सनले निकालेको वक्तव्यमा उल्लेख छ ।

यसैगरी, नेपालका लागि बैंकका निर्देशक जोआनेस जाटले सबैभन्दा पहिले पुनर्निर्माणका लागि रकम खर्च गर्ने प्रष्ट योजना नेपालले बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पुनर्निर्माणमा लामो समय र धेरै खर्च लाग्ने पनि बताएका छन् ।

नेपालका लागि बैंकका देशीय प्रबन्धक ताकुया कामाताले नेपाललाई विस्तृत सहायता प्याकेजको घोषणा बैंक सञ्चालक समितिबाट छिट्टै हुने जानकारी दिएका छन् । सहयोगको विस्तृत ‘प्याकेज’ घोषणाको अन्तिम तयारी भैरहेको उनले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411