नेपाली वस्तुको उत्पादन लागत घट्ने

मंगलवार, आषाढ १, २०७२ साल,
काठमाडौं ।  नेपाल,भारत,बंगलादेश र भुटानबीच भएको मोटर भेइकल सम्झौताले नेपाली वस्तुको उत्पादन व्यापार लागत घट्ने देखिएको छ। 
 
सम्झौताले चार देशबीच व्यक्तिगत गाडी,सार्वजनिक गाडी र कार्गो सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ।
 
यसबाट नेपाली निर्यातकर्ता र आयातकर्ताले तेस्रो मुलकको व्यापार सहज रूपमा गर्ने सक्नेछन्। नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष सुरज वैद्य सम्झौताले नेपालमा उत्पादन हुने वस्तुको लागत घट्ने बताउँछन्। 
 
मोटामाटी रूपमा हेर्दा पाँच देखि सात प्रतिशतसम्म नेपाली उत्पादनको लागत घट्ने अनुमान गर्न सकिन्छु,उनले भने, यसले चारदेशबीच हुने व्यापार बढाउन समेत मद्दत गर्छ।
 
यद्यपि, नेपालको यातायात क्षेत्रमा भएको सिन्डिकेटको कारण सम्झौताको लाभ उठाउन समस्या भने आउन सक्ने वैद्य बताउँछन्।  नेपालको यातायात क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिन्डिकेट होु,उनले भने, सरकारले समेत नियन्त्रण गर्न नसकेको यो समस्याले समस्या आउन सक्छ।ु
 
सम्झौतापछि तेस्रो मुलुकको व्यापारका लागि नेपालले बंगलादेशको सामुन्द्रिक नाका पनि प्रयोग गर्न सक्ने देखिन्छ। अहिले नेपालको आयातनिर्यात व्यापार भारतको कोलकत्ता बन्दरगाहाबाट हुने गरेको छ। 
 
कोलकात्ता र बंगलादेश दूरीको आधारले नजिक रहेका हुँदा कोलकात्ताको विक ल्पका रूपमा बङ्ला र चिटगाउँको बन्दरगाह उपयोगी हुने व्यवसायी बताउँछन्।
 
पूर्ववाणिज्य सचिव पुरु षोतम ओझा अन्तरक्षेत्री व्यापार बढाउन सम्झौता उपयोगी हुने बताउँछन्। ुसम्झौतामामा अतिरिक्त व्यापार बढाउन सहज भिसा प्रणाली र भुक्तानीको व्यवस्था पनि चाहिन्छु,उनले भने,ु भिसा र सटही सुविधाले भन्सार नाकामा व्यापार तथा पर्यटन क्षेत्रका लागि सहजीकरण हुन्छ।ु
 
सम्झौताले जलविद्युत् क्षेत्रमा नयाँ बाटो खुला गरेको महासंघका पूर्वअध्यक्ष वैद्य बताँछन्। ु यसले अन्तरक्षेत्रीय प्रसारण लाइन निर्माणका लागि नयाँ बाटो खुला हुन्छु,उनले भने,ु यसले गर्दा नेपालको विद्युत् बंगलादेश निर्यात गर्न सकिन्छ। 
 
विद्युत्मा थप लगानी समेत आकर्षित हुन्छ।ुव्यापारको आधारमा भारत पहिलो स्थानमा रहेको छ भने बंगालदेश चौथो स्थानमा छ।
 
भुटानसँगको व्यापारको हिस्सा भने ठूलो छैन। सम्झौताले समुन्द्रले नछोएको नेपाल र भुटानको व्यापार प्रवर्द्धनमा सहयोग पुग्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411