इन्डोनेसियामा ७.३ म्याग्निच्युडको ठूलो भूकम्प

आईतवार, आषाढ २९, २०७६ साल,
काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको दुर्गम मालुकुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि घरमा बसिरहेकाहरू सडकतिर भागेका छन् । सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

भूकम्प स्थानीय समयअनुसार ६ बजेर २८ मिनेटमा गएको थियो । टेर्नाटे नामक शहर भूकम्पको केन्द्रविन्दु भएको यूएस जियोलोजिकल सर्भेले जनाएको छ ।

‘भूकम्प निकै ठूलो थियो । घरमा बसिरहेका मानिस बाहिर भागे । उनीहरू डराइरहेका थिए र अहिले सडकको छेउमा प्रतीक्षा गरिरहेका छन्,’ विपत न्यूनीकरण संस्थाका अधिकारी मन्सुरले बताए ।

अधिकारीहरूले परिस्थितिको मूल्यांकन गरिरहेको र हताहतीको रिपोर्ट आइनसकेको उनले बताए । एजेन्सी

अष्ट्रेलियामा शक्तिशाली भूकम्प, एक मिनेटसम्म घरहरु हल्लिए

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411