त्रिभुवन विमानस्थलमा ७० जना सवार यति एयरको जहाज चिप्लियो, उडान अवतरण बन्द

शुक्रबार, आषाढ २७, २०७६ साल,
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।

नेपालगञ्जबाट आएको  यतिको एटीआर  जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो।  जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।

विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411