प्रेममा बाधक भएपछि छोरीले गराइन आफ्नै आमाको हत्या

सोमबार, आषाढ १६, २०७६ साल,
काठमाडौं । आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। भक्तपुरकी ईश्वरी भट्टराई आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

एसएसपी थापाका अनुसार प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन्। ईश्वरीसहित अन्य चारजना पनि पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा ईश्वरीका प्रेमी मोहमद नवशाद रहेका छन्। त्यसैगरी भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए।  

प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।

आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा  ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411