प्रचण्डले दोहोर्‍याए आफ्नो हत्या हुन सक्ने चिन्ता

शनिबार, आषाढ १४, २०७६ साल,
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पहिल्यैदेखि ठूला राजनीतिक हत्या र प्रतिहत्याका श्रृंखला चलिरहेको भएपनि दोषी पत्ता लाग्न नसकेको प्रसंग उप्काएका छन् ।

शनिवार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता हत्या प्रतिहत्याका दोषीहरू पत्ता लाग्न नसकेको कारणले नेपालका शीर्ष राजनीतिक व्यक्तित्वहरू सधैं सशंकित र भयभित रहेको खुलासा गरेका हुन् ।

जनतालाई पनि लाग्छ, मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो, प्रचण्डले भने, मोटामोटी लागेको आधारमा हामीले कसैलाई आरोपित गर्न पनि सकेका छैनौं । नाम लिएर फलानाले नै हो भन्ने स्थिति छैन । नेपालको इतिहासमा माथिल्लो स्तरमा राजनीतिक हत्या प्रतिहत्याको लामो श्रृंखला छ ।

आफू पहिलोपल्ट प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डको रहस्य उजागर गर्छु भनेर संकल्प गरेको स्मरण गर्दै प्रचण्डले त्यसमा आफू असफल रहेको स्वीकारे । मैले पहिलोपल्ट प्रधानमन्त्री बनेको बेलामा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर पत्ता लगाउन सकिएन, प्रचण्डले प्रश्न गरे, आखिर दोषी पत्ता लगाउन केले रोक्छ ?

प्रचण्डले राजनीतिक हत्या प्रतिहत्याको श्रृंखला नरोकिएकोमा चिन्ता प्रकट गरे । मदन भण्डारीको त्यो रहस्यमय अवशान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी किन गर्न सकेका छैनौं ' प्रचण्डले प्रश्न गरे । प्रचण्डले अहिलेका शीर्ष नेतृत्व पनि त्यसैको शिकार बन्न सक्ने र यो विषय विचारणीय भएको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411