युवतीमाथि श्रृङ्खलावद्ध रुपमा सिरिन्ज प्रहार गरी आतंक फैलाउने कार्यमा संलग्न युवक समातिए

शुक्रबार, आषाढ १३, २०७६ साल,
काठमाडौं । केही सातायता चर्चामा रहेको सिरिन्ज आक्रमण कार्यक्रमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।  

उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411