याक एण्ड यति होटेलमा प्रहरीको छापा : १२ जना भारतीय व्यापारी पक्राउ

शनिबार, बैशाख २८, २०७६ साल,
काठमाडौ । दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न आएलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

साइन गुप्रका डारेक्टर रसिद नासिङ सहित १२ जना समातिएका हुन्। ‘समयमा नै सुचना पाएकाले नेपालीको करौडौं रुपैयाँ ठगी हुनबाट जोगियो' डिएसपी बोगटीले भने।

उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए। ‘करीब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएर आएको देखियो, डिएसपी बोगटीले भने।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411