प्रधानमन्त्री ओलीले संसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं । गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाइने भएको छ ।

शुक्रबारको बैठक सुरु भएसँगै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छ ।

गत बैशाख २४ गतेको संसद बैठकमा प्रधानमन्त्रीले निति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो ।

प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411