एनसेलमा लगानी गर्ने एक्जिएटाका कर्मचारी नक्कली डलरसहित काठमाडौंमा पक्राउ

मंगलवार, बैशाख २४, २०७६ साल,
काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।

उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४ बाट काठमाडौं ओर्लिएका थिए।

ुउनले भिसा दस्तुर बुझाउने क्रममा एक सय अमेरिकी डलर दिएका थिए, उनले दिएको त्यो डलर नक्कली भएको पत्ता लाग्यो, त्यसैले उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

उनी एक्जिएटा मलेसियाको हेड अफ इन्टरनल अडिट पदमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।  मलेसियाको एक्जिएटाले नेपालको एनसेलमा लगानी गरेको छ। थप अनुसन्धानका लागि उनलाई गौशाला प्रहरीमा राखिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411