ठूलो रस्साकस्सी पछि, यसरी भयो विराटनगर प्रदेश १ को राजधानी

सोमबार, बैशाख २३, २०७६ साल,
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनको अन्तिम दिन सोमवार सर्वसम्मतिले प्रदेशको राजधानी विराटनगर बनाउने निर्णय गरेको हो ।

लामो समयसम्म विवादित रहेको प्रदेशको राजधानी तोक्ने विषयमा कांग्रेस र सत्तारुढ दलबीच ठूलो रस्साकस्सी हुँदै आएको थियो । तर सभामा आज भएको मतदानमा बहुमत सांसदहरूले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेका हुन् ।

सोही क्रममा प्रदेश सभाको तेश्रो अधिवेशनको अन्तिम दिन सोमबार मतदानद्वारा विराटनगर राजधानी घोषणा गरेको हो। विराटनगरका पक्षमा ८६ र विपक्षमा शून्य मत खसेको थियो।

त्यसअघि, कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा सहभागि कांग्रेस मोरङ्गका सचिव नागेश कोइरालाका अनुसार, सत्तारुढ दल नेकपासँग राजधानीका विषयमा भद्र सहमति भएको हो।

कांग्रेसको सत्तारुढ दल नेकपासँग पनि बैठक बसेको थियो।सचिव कोइरालाका अनुसार, बैठकमा मुख्यमन्त्री शेरधन राई, नेकपा प्रदेश इन्चार्ज भीम आचार्य, प्रदेश मन्त्रीसंग छलफल भएको थियो। सो छलफलका क्रममा सत्तारुढ दलका नेताहरुले एकैपटक बिराटनगरलाई राजधानी बनाउन असहज हुने भएकाले प्रस्ताव दर्ताका क्रममा बृहत्त बिराट विकास क्षेत्र समिति जोडेको बताएको उनले जानकारी दिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411