ठूलो हावाहुरी र वर्षाका कारण विद्यालयहरू बन्द

शुक्रबार, बैशाख २०, २०७६ साल,
नवलपुर । प्रतिकुल मौसमका कारण नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ । मौसम पूर्वानुमान शाखाले आज सतर्क रहन भनेपछि नवलपुरमा रहेका स्थानीयतहका शिक्षा शाखा लगायतले सूचना नै जारी गरेर विद्यालय बन्द गरेका हुन् ।

नवलपुरका शिक्षा समन्वय प्रमुख कृष्णचन्द्र पोख्रेलले प्रतिकुल मौसमका कारण नवलपुरका स्थानीय तहका शिक्षा समितिले विद्यालय विदा गरेको जानकारी दिए ।

हावाहुरीसहित भारी वर्षा भएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

जिल्ला शिक्षा समन्वय तथा ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार विदा दिन नमिल्ने भएपनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार आकस्मिक बन्द गर्न सकिने भएकाले नवलपुरका अधिकाँस विद्यालय आज बन्द भएको बताए ।

कावासोती नगरपालिकाका सबै विद्यालय भने आज बन्द भएका छन् । मौसममा देखिएको व्यापक असहजता -ठूलो हावाहुरी र वर्षा) ले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको सन्दर्भमा स्थानीय विदाबाट कट्टी हुनेगरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यस्तै, प्याब्सन नवलपुरका सचिव समेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय ईकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सुचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । कावासोतीमा विहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411