राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

शुक्रबार, बैशाख २०, २०७६ साल,
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।

यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ ।

नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।

सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा अघिल्लो वर्ष देखिएका त्रुटिहरु सच्याउँदै अधिका‌श कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको छ । गत वर्षको भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल हुनेछ । संघीय संसद् सचिवालयले बढीमा ३ दिनसम्म यसबारे छलफल चलाउने तयारी गरेको छ ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411