सिटिजन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

मंगलवार, पौष ३, २०७५ साल,

काठमाडौं । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौता अनुसार ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

सम्झौतापत्रमा कैलाश बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णगोपाल मानन्धर तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411