स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

सोमबार, पौष २, २०७५ साल,
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साढे १० करोड रुपैयाँको एफपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तमा हाल कायम रहेको संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम गर्न एफपिओ निष्काशनका साथै ६ करोड ६० लाखको संस्थापक शेयरलाई पनि साधारणमा रुपान्तरण गर्ने भएको हो ।

यसका लागि लघुवित्तले सत्रौं वार्षिक साधारण सभामा १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले ६ करोड ६० लाख ३३ हजार बराबरको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत गरेको छ । एफपिओ र संस्थापक शेयर रुपान्तरण पश्चात लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ५१ः४९ कायम हुनेछ । हाल लघुवित्तमा संस्थापक सर्वसाधारणको शेयर अनुपात ७०ः ३० रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट लघुवित्तले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ । यसमा लघुवित्तले १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको साधारण शेयरको थप सार्वजनिक निष्काशन गरि जारी तथा चुक्ता पूँजी ७३ करोड ३७ लाख तीन हजार २०० रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411