लक्ष्मी लघुवित्तको लाभांश पारित, अन्य लघुवित्तसँग मर्ज गर्ने नीति पारित

सोमबार, पौष २, २०७५ साल,
काठमाडौं । लक्ष्मी लघुवित्तको लाभांश पारित भएको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गते आईतबार सातौ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सातौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको आव २०७४-७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको २६.३२ प्रतिशतले हुने नगद लाभांश ६ करोड ३८ लाख ८४ हजार २११रुपैयाँ ९कर समेत० पारित गरेको सस्थाले जनाएको छ ।

सातौ वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको समेत निर्वाचन हुने कार्यक्रम रहेकोमा उक्त निर्वाचन कार्यक्रममा बहालवाला सञ्चालक श्रीमती सविना उपाध्याय र  गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोधरुपमा चयन हुनु भएको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411