सिटिजन्स बैंकको का.मु. सीईओको जिम्मेवारीमा गणेशराज पोखरेल

आईतवार, पौष १, २०७५ साल,
काठमाडौं  । गणेशराज पोखरेल सिटिजन्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त भएका छन् ।

यही पुस १६ गतेबाट कार्यकाल सकिन लागेका सीईओ राजनसिंह भण्डारी बिदामा बसेपछि पुस १ गते ९आज०बाटै लागू हुनेगरी पोखरेललाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘यस बैंकको मिति २०७५ मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजनसिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र वहाँ मिति २०७५ पौष १ गतेबाट बिदामा बस्नुहुने हुँदा अर्को व्यवस्था नभएसम्मका लागि बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेललाई मिति २०७५ पौष १ गतेबाट लागू  हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरिएको व्योहोरा जानकारी गराइन्छ,’ बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै सेवा निवृत्त भएपश्चात पुस १७ गतेबाट लागू हुने गरी भण्डारीलाई सञ्चालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411