नेपाल एसबिआई बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर

आईतवार, पौष १, २०७५ साल,
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०।७९ प्रतिशत नगद गरि कूल १५।७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत (४० करोड २३ लाख ४५ हजार २५०) बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411