बैंक अफ काठमाण्डूले बोनश शेयर र नगद लाभांश दिने घोषणा

शुक्रबार, मंसिर २८, २०७५ साल,

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने  भएको छ ।

बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं सञ्चालक समितिको बैंकले शेयरधनीलाई १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १३.२५ प्रतिशत बोनस वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले ११.७५ प्रतिशतले लाभांश बढाएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411