सिटिजन्स् बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

बुद्धबार, मंसिर २६, २०७५ साल,
काठमाडौं । सिटिजन्स् बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर २५ गते मंगलबार बसेको २८२ औं बैंठकले बोनस र नगद गरि कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँको ३.६२८ प्रतिशत बोनस शेयर (२९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ) र १।६३५ प्रतिशत नगद लाभांश (१३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद वितरण गरेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411