स्याङ्जा र पाल्पामा ज्योतिको नयाँ शाखा

आईतवार, मंसिर २३, २०७५ साल,
काठमाण्डौ । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालद्वारा एक कार्यक्रमका बिच मंसिर २३ गतेकासंयुक्त रुपमा उद्घाटन गरियो ।

त्यसैगरी आजै वालिङ नगरपालिका वडा नं ८, वालिङ, स्याङ्जामा मा रहेको नयाँ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाइएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत१८।५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र बैंकको चुक्ता पूँजी ३ अरब १० करोड पुग्ने जनाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411