स्थानीय तहको ५० प्रतिशत बजेटमा साढे १७ अर्ब राष्ट्रिय वाणिज्य बैंकलाई

शनिबार, मंसिर २२, २०७५ साल,
काठमाडौं । सरकारको पछिल्लो निर्णयअनुसार वाणिज्य बैंकमा पठाएको ५० प्रतिशत अनुदानमध्ये साढे १७ अर्ब राष्ट्रिय वाणिज्य बैंकले मात्रै पाएको छ। गत सोमबार भएको निर्णयअनुसार सरकारले संघीय सरकारमा गएको बजेटमध्ये ५० वाणिज्य बैंकको खातामा राख्न पाउने व्यवस्था गरेको छ।

 राष्ट्रिय वाणिज्य बैंकको बढी शाखा भएकाले उसले बढी निक्षेप पाएको नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए। हाल उक्त बैंकको मुलकभरी गरेर दुई सय आठ वटा बैंक शाखा, १७ वटा बैंकका काउण्टर र ९३ वटा शाखा रहित बैंकमार्फत् सेवा दिइरहेको छ।

स्थानीय तहको खातामा ८० अर्ब रुपैयाँ थियो। सो रकम सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार त्यसको ५० प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ वाणिज्य बैंकको खातामा गएको छ। सो रकममध्ये साढे १७ अर्ब वाणिज्य बैंकले पाएको बैंकमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।

अहिले स्थानीय तहको बैंक खातामा पैसा जम्मा गरेको भोलिपल्ट राष्ट्रिय बैंकले तान्ने गरेको थियो।  स्थानीय तहले खर्च गरेपछि मात्र त्यो पैसा बैंकले शोधभर्नाका रुपमा आएपछि निक्षेपका रुपमा परिचालन गर्न पाउने व्यवस्था थियो।

बैंकले सो रकम पाएपछि अन्तिम बिन्दुमा पुगेको वाणिज्य बैंकको निक्षेप, कर्जा तथा कोर पुँजी अनुपात (सीसीडी रेसिया) घटेर करिब ७७ प्रतिशतमा झरेको छ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411