वाणिज्य बैंक र टिच फर नेपाल बीच सम्झौता

शुक्रबार, मंसिर २१, २०७५ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रवार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरेका छन् ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए ।

त्यसैगरी, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले संस्थाको उद्धेश्य तथा गरेका कार्यहरुका बारेमा प्रकाश पारेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411