व्याजदर लाई सीमाभित्र राख्न उद्योग वाणिज्य महासंघको आग्रह

शुक्रबार, मंसिर २१, २०७५ साल,
काठमाडौं । उद्योग वाणिज्य महासंघले बैंहरुबीच अस्वभाविक रुपमा व्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको भन्दै सीमाभित्र राख्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै महासंघले ब्याजदर बढाइँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्येक्ष असर पर्न गई समग्र अर्थतन्त्र प्रभावित हुने जनाएको छ।

उद्योग व्यवसाय क्षेत्रले महँगो व्याजदरकै कारण कठिनाइ भोगिरहेको जनाउँदै संघले नयाँ व्यवसाय र परियोजना ल्याउन नसक्ने अवस्था बनेको उल्लेख गरेको छ।

बढ्दो व्याजदरले उद्योग क्षेत्रमा लगानी प्रभावित हुने र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि तथा पाँच लाखलाई रोजगारी थप्ने लक्ष्य हासिल हुन कठिन हुने महासंघको भनाइ छ।

नेपाल बैंकर्स संघले व्यक्तिगत मुद्दती निक्षेपमा राखेको सीमा हटाएसँगै बैंकहरुबीच धेरै व्याजदर दिने प्रतिस्पर्धा चलेको छ। यस्तो व्याजदर १३ प्रतिशतसम्म पुगेको छ। यसले आधार व्याजदर बढ्न गई कर्जा महँगो हुने उद्योगीको भनाई छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411