कालिका लघुवित्तले गर्यो लाभांश प्रस्ताव

बिहीवार, मंसिर २०, २०७५ साल,

काठमाडौ । कालिका लघुवित्त ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई  १६.४२ प्रतिशत मात्र लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो ।

मंसिर १९ गते बुधबार ३ बजे बसेको लघुवित्तको १६२ औं सञ्चालक समिति बैठकले  आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलार्इ चुक्ता पूँजीको ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित ८.४२ प्रतिशत नगद गरि कूल १६.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अघिल्लो वर्ष लघुवित्तले २१.२१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.१२ प्रतिशत नगद गरि कूल २२.३३ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411