राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेस मिट–२०७५’ सम्पन्न

बुद्धबार, मंसिर १९, २०७५ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस मिट–२०७५ चितवनको सौराहमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ्ग, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।

कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका थिए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु केसबप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रवन्धकहरु लगायतको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411