ग्लोबल आइएमई बैंकले शेयरधनीलाई बोनस शेयर दिने

मंगलवार, मंसिर १८, २०७५ साल,

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411