आज एकैदिन ४० अर्ब निक्षेप बाणिज्य बैंकमा थपियो, के अब ऋण देलान बैंकले ?

सोमबार, मंसिर १७, २०७५ साल,
काठमाडौं। आजबाट स्थानीय तहलाई पठाएको बजेटको ५० प्रतिशत रकम सम्बन्धित बैंकले प्रयोग गर्न पाउँने भएका छन्। आजै राष्ट्र बैंकमा रहेको स्थानीय तहको खाताबाट सम्बन्धित बैंकमा पैसा गइसकेको छ।

अहिले स्थानीय तहहरुको खातामा ८० अर्ब रुपैयाँ छ। यसमध्ये बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न पाएका हुन्।

संघीय सरकारले स्थानीय तहका लागि छुट्याएको बजेट बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न दिएको छ।

अर्थमन्त्रालयले स्थानीय तहको बजेटमध्ये ५० प्रतिशत रकम बैंकलाई निक्षेपका रुपमा परिचालन गर्न बाटो खोलिदिएको हो।

४० अर्ब रुपैयाँ पाएपछि बैंकहरुको औषत कर्जा(पूँजी(निक्षेप अनुनपात ९सिसिडी रेसियो० ७९ प्रतिशतबाट तल झरेको छ। ४० अर्बको ८० प्रतिशत रकम बैंकहरुले ऋण दिनसमेत पाउँछन्। यसो हुँदा बैंकहरुलाई आज एकै दिन ३२ अर्ब रुपैयाँ ऋण योग्य पूँजी उपलब्ध भएको छ।

नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, बैंकर्ससँगको लामो छलफलपछि अर्थमन्त्रालय आर्थिक कार्यविधि नियमावली संशोधन गरी स्थानीय तहमा पठाएको पैसा बैंकहरुले निक्षेपका रुपमा देखाउन पाउने व्यवस्था मिलाउन सफल भएको हो।

संघीय सरकारले चालु आर्थिक बर्षका लागि महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ७५३ स्थानीय तहका लागि तीन खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। गत बर्षका लागि २ खर्ब २५ अर्ब रुपैयाँ छुट्याएको थियो।

'अब स्थानीय तहलाई केन्द्रले जहिले जहिले बजेट दिन्छ त्यो पैसामध्ये सोझै ५० प्रतिशत बैंकहरुले निक्षेपका रुपमा परिचालन गर्न पाउँछन्' मन्त्रालय स्रोतले भन्यो, 'यसले गर्दा अहिलेको ऋण योग्य पूँजीको अभाव हटेर जान्छ।'

अहिले बैंकहरुसँग पैसा नहुँदा ४५० अर्ब रुपैयाँभन्दा बढिका फाइल पेन्डिङमा परेका थिए। ४० अर्ब निक्षेप आउँदा तत्कालको समस्या समाधान हुने बैंकर बताउँछन्। स्थानीय तहको पैसा नियमित रुपमा आउने भएकाले तरलता अभाव अहिलेको जस्तो नहुने उनीहरुको दावी छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411