पुनर्बीमा कम्पनीसँग रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

सोमबार, मंसिर १७, २०७५ साल,

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालु आव २०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त व्यवस्थाले चालु आवको आरम्भदेखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने जनाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411