कुमारी बैंकले बोनस शेयर दिने, पूजि ८ अर्ब पुग्ने

सोमबार, मंसिर १७, २०७५ साल,

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीलाई बोनस वितरण गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

बैंक सञ्चालक समितिको आइतबार सम्पन्न सञ्चालक समिति बैंठकले सो लाभांश प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको यो लाभांश अघिल्लो आर्थिक वर्षको हो ।

सञ्चालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १२.७५ प्रतिशत बोनस राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूजि ८ अर्ब पुग्नेछ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411