साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

बिहीवार, मंसिर १४, २०७४ साल,
काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ५५ अंकले मात्रै बढेको छ । उक्त अंक बढ्दा नेप्से एक हजार ५३७.६७ विन्दूमा पुगेको छ । व्यपारमा आएका विभिन्न समूहहरुका  परिसूचक घटबढ हुँदा शेयर बजार सामान्य अंकले मात्र बढेको हो ।

१६४ कम्पीको ६ हजार ९३३ कारोबारबाट १३ लाख ५२ हजार ६४८ कित्ता शेयरको खरिद बिक्रीबाट ७४ करोड ६८ लाख ३९ हजार २९२ बराबर रकमको परिचालन भएको छ । जबकी गएको दिन  १ सय ६३ कम्पनीको १ अर्ब ४ करोड ६६ लाख ६१ हजार बराबर रकम परिचालन भएको थियो ।

परिसुचकमा रहेको समुहमध्ये सबैभन्दाबढी होटल समूहको शेयर २५.८ अंकले बढेको छ । त्यसपछि हाइड्रो पावर समूहको शेयर २१.९१, विमा समूहको शेयर २०.३७ अंकले बढेको छ ।

विकास बैंक, फाइनेन्स र उत्पादन मूलक समूहको सेयर क्रमशः ७.६७, ३.९७ र ७.८६ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411