नेप्से परिसूचक १२ अंकले बढ्यो, १ अर्ब रुपैयाँ बढिको शेयर कारोबार

बुद्धबार, मंसिर १३, २०७४ साल,
काठमाडौं । बुधबार नेप्से परिसूचक १२.२६ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढ्दा १५३६.१२ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ६३ कम्पनीका २० लाख ४५ हजार ४ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ । १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

उत्पादनमूलक समूह बाहेक बीमा समूह १००.२४, होटल समूह ५१.३९, जलविद्युत समूह ९.६१, बैंकिङ समूह ८.५९, माइक्रोफाइनान्स समूह ४१.६२, विकाश बैंक समूह २३.२२, वित्तीय समूह ५.६४, ट्रेडिङ समूह भने २.८८ र अन्य समूह ३.१८ अंकले बढेका छन् । उत्पादनमूलक समूह ३२.१२ अंकले घटेको हो ।

नागबेली विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाइ गरेका छन् । हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ९.९४ प्रतिशतले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411