बैंक अफ काठमाण्डूको ६१ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

सोमबार, मंसिर ११, २०७४ साल,
काठमाडौं । बैंक अफ काठमाण्डूले ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न नदिएपछि बैंकले प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँमा उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

बैंकको लिलामीको सेयरमा मंसिर २२ गतेदेखि २९ गतेसम्म आवेदन गर्न पाइनेछन । सो शेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो ।  

बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो ।

बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संस्थापकको ४५ प्रतिशत हाराहारीमा छ ।

बैंकको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।सो शेयरमा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा दरखास्त दिन सकिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । उक्त सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411