नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनसपछि २५० प्रतिशत हकप्रद जारी गर्ने

शुक्रबार, मंसिर ८, २०७४ साल,
काठमाडौं । नयाँ नेपाल लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै बोनसपछि कायम हुने पूँजीको २५० प्रतिशत हकप्रद जारी गरि गर्ने निर्णय समेत बैठकले गरेको छ ।

लघुवित्त कम्पनीको मंसिर ८ गते सम्पन्न सञ्चालक समिति २२१ औं बैठकले दुई करोड रुपैयाँको २० प्रतिशत अर्थात ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको दुई लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

धुलिखेल काभ्रेमा मुख्य कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तको हाल दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

बोनसपछि कम्पनीको पूँजी दुई करोड ४० लाख रुपैयाँ पूग्नेछ । उसले एक बराबर दुईं दशमलव पाँच कित्ता अनुपातमा ६ करोड रुपैयाँको हकप्रद सेयर जारी गरि आठ करोड ४० लाख रुपैयाँ कायम गर्न लागेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411